दिलिप शेर्मा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ अदालतको आदेश कार्यान्वयन बाहेक कुनै मनसाय नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा जवाफ दिँदै गृहमृन्त्री लेखकले अदालतको आदेश कार्यान्वयने बाहेक कुनै मनसाय नरहेको जिकिर गर्दै बारे दुःख समेत व्यक्त गरेका छन्।।

‘यसअघि सम्मानित अदालतबाट हुने पत्राचार प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु। भविष्यमा यस्ता घटना नदोहोरिने तर्फ सबैलाई सचेत र सजग बनाएको छ।’ मन्त्री लेखकले भने, ‘यस घटनाले आदरणीय रेशम चौधरीजी, उहाँको परिवारजन र साथीहरूलाई जुन असहजता र पीडा भयो त्यसका लागि म दुस्ख व्यक्त गर्न चाहन्छु।’

सर्वोच्च अदालत अधिकृत महिमानसिंह विष्ट चौधरीलाई पक्राउ गरी थुनामा राख्ने ब्यहोराको पत्र बोकेर आफै प्रहरी प्रधान कार्यालय पुगेपछि त्यसको कार्यान्वयनका लागि प्रहरी सक्रिय भएको उनले बताए। पछि पत्र अदालतको आधिकारिक नभएको पाइएपछि विष्टलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान भइरहेको छ।

उनीमाथि झुटा जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र किर्ते गर्ने नहुनेसमेतका शीर्षकमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको मन्त्री लेखकले जानकारी दिए।

विष्टको पत्रले चौधरीलाई गत वैशाख १७ गते प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाएको थियो। त्यसपछि पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी सोही दिन थुनामुक्त भएका थिए।

त्यसपछि नागरिक उन्मुक्ति पार्टीले सरकारको जवाफ माग्दै सरकार छाड्ने चेतावनी दिएपछि गृहमन्त्रीले आजको बैठकमा जवाफ दिएका हुन्।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com