दिलिप शेर्मा
ताप्लेजुङ। फुङलिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने दुई जना विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ । नगरपालिकाले गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई ल्यापटप एक/एक थान प्रदान गरेको हो ।

नगरपालिकाले भानु जन माध्यमिक विद्यालयका प्रतिमा पुरी र राजीव रनपाललाई ल्यापटप प्रदान गरि सम्मान गरिएको फुङ्लिङ नगरपालिकाका उप प्रमुख भिमादेवी ओझाले बताउनुभयो । परीक्षामा पुरीले ३.६७ जिपिए र रनपालले ३.६१ जिपिए ल्याउनु भएको थियो ।

नगरप्रमुख अमिर मादेन, उप प्रमुख ओझा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको उपस्थितिमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रमाण पत्र र ल्यापटप प्रदान गरि सम्ममा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com