काठमाडौं – नेपाल राष्ट्रिय चलचित्र पुरस्कार २०२५ बाट सम्मानित, रबिन कुमार नाल्बोद्वारा निर्मित र लोकेन साँबाद्वारा निर्देशित लिम्बु कथानक चलचित्र सुगुप बेलायतमा पाँचौं पटक प्रदर्शन हुने भएको छ। यो विशेष प्रदर्शन शनिबार, अप्रिल ५, २०२५ मा बेलुका ५:०० बजे कोल्चेस्टरस्थित फर्स्टसाइट सिनेमा हल मा हुनेछ। कार्यक्रम किरात याक्थुङ चुम्लुङ कोल्चेस्टर शाखाले आयोजना गरेको हो।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बु, रुकमान लिम्बु, सुम्निमा खापुङ र तिर्थ मादेम्बाको अभिनय छ। स्वरमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बू र रुकमान लिम्बु छन्। पार्श्वसंगीत प्राज्ञ अशोककुमार लोहरुङ राईको छ भने पटकथा/संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ र छायांकन युवराज राई ‘वीरवहादुर’ को छ।

मुख्य निर्माता र प्रस्तुतकर्ता रबिन कुमार नाल्बो छन् भने निर्माताहरूमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्माताहरूमा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र स्वर्गीय रामप्रसाद पंधाक छन्। बेलायत प्रदर्शनपछि २७ अप्रिल २०२५ मा न्युजिल्याण्डको द सटर थिएटर हलमा भुटनिज नेपाली कम्युनिटी अफ नेल्सनको आयोजनामा भोजराज सुब्बाको संयोजनमा प्रदर्शन हुने मुख्य निर्माता नाल्बोले बताए।

कार्यक्रम विवरण:

  • मिति: अप्रिल ५, २०२५ (शनिबार)
  • समय: बेलुका ५:०० बजे
  • स्थान: फर्स्टसाइट सिनेमा हल, कोल्चेस्टर, बेलायत
  • आयोजक: किरात याक्थुङ चुम्लुङ कोल्चेस्टर शाखा
  • प्रस्तुतकर्ता: रबिन कुमार नाल्बो र सुगुप निर्माण परिवार

प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com