काठमाडौं – याक्थुङ (लिम्बु) संस्कृति र ३० को दशकको जनजीवनलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘त?वाबा (भावी)’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर तवाबा फिल्मस् प्रा.लि.को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

यो चलचित्रको छायांकन एक वर्षअघि तेह्रथुमको फेदाप क्षेत्रमा सम्पन्न भएको थियो। तीन साताअघि मात्र फिल्मले युनिभर्सल क्याटगोरीको सेन्सर सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्रले ३० को दशकतिरको पूर्वी पहाडको सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य परिवेशको जीवन्त चित्रण गर्छ। संवादको करिब ६० प्रतिशत हिस्सा याक्थुङ फेदापे भाषामा रहेको छ।

फिल्मका निर्देशक खगेन्द्र पङ्धाक लिम्बु हुन्, जसले यसअघि ‘थात्थलो’ र ‘तिम्मक’ निर्देशन गरिसकेका छन्। सन् २०१६ मा थाइल्यान्डबाट नेपाल फर्केका पङ्धाकको यो तेस्रो निर्देशकीय प्रयास हो।

चलचित्रकी प्रमुख नायिका सुमि लिवाङ लिम्बुले निर्माण तथा कास्ट डिरेक्शनको जिम्मेवारी सम्हालेकी छन्। निर्देशक पङ्धाक स्वयंले चलचित्रको लेखन, सम्पादन, गीत लेखन, संगीत, ध्वनि तथा छायांकन (डीओपी) समेत गरेका छन्। मुख्य सहायक निर्देशक पर्शुराम लिम्बुले छायांकन तथा सम्पादनमा सहयोग पुर्याएका छन् भने गगनविक्रम राई क्यामेरा टेकरको भूमिकामा छन्। निर्मातामा सुमि लिबाङ लिम्बु तथा सहायक निर्मातमा उर्मिला राई र वीर पङ्धाकको रहेकोछ।

चलचित्रका गीतहरूमा कृष्णभक्त राई, उर्मिला राई, सुनिता थेगिम र अविर पङ्धाकको स्वर रहेको छ। प्रमुख कलाकारहरूमा सुमि लिम्बु, निवान पङ्धाक लिम्बु, उर्मिला राई, राजकुमार पङ्धाक लिम्बु, समीर पङ्धाक लिम्बु, दुर्गा बहादुर पङ्धाक लिम्बु, मित्रलाल तामाङ, अर्जुन थापा, निहा पङ्धाक लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com