काठमाडौं| ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न आज भएको वार्ता सहमतिमा टुंगिएको छ। आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे समझदारी कायम भएको छ।

सहमति अनुसार मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ। साथै, माघ २७ गते बिहान ११ बजे केबलकार स्टेशनबारे विस्तृत वार्ता गरिने छ।

सरकारी वार्ता टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले गरेका थिए। आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो।

यसअघि, वार्तामा केबलकार निर्माण तत्काल स्थगित गर्नुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने लगायतका माग राखिएको थियो। तर, माग सम्बोधन नहुँदा वार्ता अनिर्णित बनेको थियो।

सरकारले शनिवार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो, जसले आज ६ बुँदे सहमति निकाल्दै विवाद समाधानको बाटो खोलेको छ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com