२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद गणेश पराजुलीले आफूहरूका लागि संविधान संशोधनभन्दा सुशासन महत्त्वपूर्ण भएको बताएका छन् । काठमाडौं–७ बाट निर्वाचित भएलगत्तै पराजुलीले भने, ‘प्रतिनिधि सभामा दुई तिहाईको नजिक पुग्नु अघि नै हामीले संविधान संशोधनका लागि कार्यदल बनाउने वाचा गरिसकेका थियौं ।