२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद गणेश पराजुलीले आफूहरूका लागि संविधान संशोधनभन्दा सुशासन महत्त्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं–७ बाट निर्वाचित भएलगत्तै पराजुलीले भने, ‘प्रतिनिधि सभामा दुई तिहाईको नजिक पुग्नु अघि नै हामीले संविधान संशोधनका लागि कार्यदल बनाउने वाचा गरिसकेका थियौं । तर संविधान संशोधन भनेको साधारण कुरा होइन ।’वृहत सहमति मार्फत संविधान संशोधन हुन सक्ने भएपनि आफ्नो पार्टीका लागि त्यो भन्दा सुशासन महत्त्वपूर्ण भएको पराजुलीको भनाइ छ ।

उनले भनेका छन्, ‘हाम्रा लागि संविधान संशोधनभन्दा महत्त्वपूर्ण कुरा सुशासन कायम गर्नु हो ।’रास्वपाले कहिल्यै प्रदेश संरचना खारेज गर्न नभनेको उनको भनाइ छ । यद्यपि रास्वपा प्रदेश संरचनाको स्वरूपलाई सुधार गर्ने पक्षमा रहेको पराजुलीले बताए ।

काठमाडौं-७ बाट २७ हजार ८०५ मत ल्याएर पराजुली निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com