काठमाडौं । गायक समेत रहेका रामकृष्ण ढकालको निर्माण रहेको फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ युट्युबमा रिलिज भएको छ । रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत, ढकाल स्वयम र रचना रिमालको स्वर समावेश छ ।