याक्थुङ मुन्चईत चोक सयङ, हङकङले मुक्कुमलुङमा केवलकार खारेजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने भएको छ ।

आन्दोलनका क्रममा गत माघ बाह्र गते केवलकार खारेजी पक्षका तीनजना गम्भीर घाइते भएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका निवासी सगुन लावतीलाई सुरक्षाकर्मीले प्रहार गरेको गोली उनको देब्रे छाती वारपार भएर गएको थियो । गोलीले लावतीको फोक्सोको देब्रे भाग छुँदै चार र छ नम्बर करङ तथा ढाडको स्क्यापुला हड्डी पनि भाँचिएको छ ।

तेह्रथुम, मेयङलुङ नगरपालिका निवासी यामबहादुर सुक्वाबाको पनि सुरक्षाकर्मीले प्रहार गरेको गोली देब्रे तिघ्राको हड्डी फोरेर वारपार भएको थियो । फुङलिङ नगरपालिका निवासी धर्मन पालुङ्वालाई सुरक्षाकर्मीले बन्दुकको कुन्जाले प्रहार गरी देब्रे काँधको हड्डी भाँचिदिएका छन् । अहिले तीनैजना घाइतेहरु काठमाडौंमा उपचाररत छन् ।

सोही दिन ताप्लेजुङ, मेरिङ्देन गाउँपालिका निवासी विशाल सेरेङलाई पनि सुरक्षाकर्मीको गोली लागेको थियो । पाखुरामा गोली लागेका उनलाई सुरक्षाकर्मीले कुटपिट गरी दाहिने हातको औंला भाँचिदिएका छन् । उनको टाउको र हातखुट्टामा थप चोटपटक लागेको छ । त्यस्तै, सुरक्षाकर्मीको कुटपिटबाट ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका निवासी धोजनारायण साँवा गम्भीर घाइते भएका छन् । उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । अहिले दुवैजना गृहजिल्ला ताप्लेजुङमा उपचाररत छन् ।

यसअघि गत कात्तिक २३ मा केवलकार निर्माण पक्षधरले आन्दोलनरत पक्षका अर्जुन पराङ्देन लिम्बूलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । कुममा काटिएका उनी हाल झापामा उपचाररत छन् ।

ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ नगरपालिकामा शनिबार साँझ केवलकार खारेजी पक्षले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा मुठभेड हुन गई छ जना प्रदर्शनकारीहरु गम्भीर घाइते हुनुका साथै पन्ध्रजना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले आइतबार बिहानसम्म फुङलिङका विभिन्न होटेलमा खानतलासी गरी प्रदर्शनकारीलाई कुटपिट गरी गिरफ्तार गरिएको आन्दोलनरत पक्षले बताएका छन् । यसै क्रममा ताप्लेजुङ जिल्ला प्रशासनले फुङलिङ नगरपालिका र मुक्कुमलुङस्थित बलुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

याक्थुङ मुन्चईत चोक सयङ, हङकङको आव्हान तथा सयङका हङकङ अध्यक्ष रवीनकुमार नाल्बोको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा ७ लाख २३ हजार नेपाली रुपैयाँ संकलन भएको तथा हालसम्म ९८ जनाले आर्थिक सहयोग गरिसकेको सयङका हङकङ महासचिव हाङ चेम्जोङले जानकारी दिएका छन् । सोमबार सयङको ललितपुरस्थित संघीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी आन्दोलनका घाइतेहरुलाई अभियानबाट उठेको सहयोग रकम हस्तान्तरण गरिने सयङका संघीय अध्यक्ष सागर केरुङले बताएका छन् ।

सहयोगी दाताहरुको बिबरण निम्नानुसार रहेको छ ।

१. रबिन कुमार नाल्बो १००० हङकङ डलर
२. संगिता लावति -३०० हङकङ डलर
३. हाङ चेम्जोङ -३०० हङकङ डलर
४. सन्जु कङ्लिबा -३०० हङकङ डलर
५. कमानधोज लावति -५०० हङकङ डलर
६. राज कुमार थेबे -५०० हङकङ डलर
७. प्रकाश फेम्बु -५०० हङकङ डलर
८. रितु थोप्रा -५०० हङकङ डलर
९. बिस्णु कुमार थेबे -२२० हङकङ डलर
१०. सुबाश योङ्हाङ -५०० हङकङ डलर
११. तनु साँवा -३०१ हङकङ डलर
१२. मन्जु कङ्लिबा -३०० हङकङ डलर
१३. जानु काम्बाङ -२०० हङकङ डलर
१४. टिका माखिम -३०० हङकङ डलर
१५. सुक्मिता केरुङ -५०० हङकङ डलर
१६. भिम प्रसाद तुम्बाहाङ्फे -५०० हङकङ डलर
१७. युगल पोमु -४०० हङकङ डलर
१८. मौशम इम्बुङ -५०० हङकङ डलर
१९. ममता राइ -३०० हङकङ डलर
२०. बृन्द्रा लिम्बु साबा -५०० हङकङ डलर
२१. चन्द्र बखिम -३०० हङकङ डलर
२२. सोभि याक्खा लिम्बुखिम -३०५ हङकङ डलर
२३. मनुता काम्बाङ -३०१ हङकङ डलर
२४. योजना सुब्बा -३५० हङकङ डलर
२५. सुनिता लिङ्खिम -५०० हङकङ डलर
२६. होम बहादुर लाबुङ -५०० हङकङ डलर
२७. अमृता लिम्बु -२०० हङकङ डलर
२८. पेकिङ केरुङ -५०० हङकङ डलर
२९. सितल मगर -२०० हङकङ डलर
३०. रुपा आङ्देम्बे -२०० हङकङ डलर
३१. कोमल गुरुङ -१०१ हङकङ डलर
३२. तारा गुरुङ -१०१ हङकङ डलर
३३. सम्झाना चोङ्बाङ -२०० हङकङ डलर
३४. सुदर्शन लिम्बु -२०० हङकङ डलर
३५. पुर्ण गुरुङ -१५० हङकङ डलर
३६. जानु दिव्या राना -७११ हङकङ डलर
३७. राम नाल्बो -२८० हङकङ डलर
३८. दिल कङ्लिबा -१००० हङकङ डलर
३९. सुकु साम्याङ्खाम -१००० हङकङ डलर
४०. हरी द्वुतिया आङ्बुहाङ -५०० हङकङ डलर
४१. फूल मायाँ नाल्बो -३०० हङकङ डलर
४२. मनिक नेवा -५४४ हङकङ डलर
४३. रमला लामा गुरुङ -३०० हङकङ डलर
४४. नबिन गुरुङ -११० हङकङ डलर
४५. हेमा पुन मगर -३०० हङकङ डलर
४६. अनु राइ लामा गुरुङ -२०० हङकङ डलर
४७. रत्न याक्खा -२०० हङकङ डलर
४८. मन्जु लाबुङ (सिता) -५०० हङकङ डलर
४९. दुर्गा लाबुङ -५०० हङकङ डलर
५०. मन्जु लाबुङ -३०० हङकङ डलर
५१. मोहन नाल्बो -३०० हङकङ डलर
५२. सबु साम्याङ्खाम -५०५ हङकङ डलर
५३. भबेन्द्र थाम्सुहाङ -३५५ हङकङ डलर
५४. प्रमिला माबो -२०० हङकङ डलर
५५. भद्रकला आङ्बुहाङ -५०० हङकङ डलर
५६. संगिता फोम्बो -२०० हङकङ डलर
५७. तारा फोम्बो -१०० हङकङ डलर
५८. बुद्व फोम्बो -१०० हङकङ डलर
५९. बिस्णु साम्याङ्खाम -५०५ हङकङ डलर
६०. चन्द्र गुरुङ -३०५ हङकङ डलर
६१. पिङ्कि साम्याङ्खाम -२५२ हङकङ डलर
६२. मेरिङ तुम्रोक -३०५ हङकङ डलर
६३. हेमकुमारि हुक्पाचोङ्बाङ -३०५ हङकङ डलर
६४. रुद्र पोमु लिम्बु -२०० हङकङ डलर
६५. निता सुब्बा -२०० हङकङ डलर
६६. पुजा पोमु लिम्बु -२०० हङकङ डलर
६७. प्रबीन नाल्बो -५०० हङकङ डलर
६८. सीता नाल्बो -५०० हङकङ डलर
६९. साबित्री नाल्बो -५०० हङकङ डलर
७०. कबिता नाल्बो -५०० हङकङ डलर
७१. राजन आङ्देम्बे -५०० हङकङ डलर
७२. हाङ्बारे आङ्बुहाङ -५०० हङकङ डलर
७३. राज कुमारी मादेन -३०० हङकङ डलर
७४. जिबन पोमु चुन्वान -३०० हङकङ डलर
७५. आङ्छन्बो परिवार -३००० हङकङ डलर
७६. नरध्वोज समबाहाङ्फे -२०० हङकङ डलर
७७. भिआईपि स्टोर ३ -५०० हङकङ डलर
७८. शेर बहादुर तबेबुङ -२०० हङकङ डलर
७९. राजन फोम्बो -३०० हङकङ डलर
८०. गंगा तेङबुङ -३०० हङकङ डलर
८१. निरु लिङदेन -३०० हङकङ डलर
८२. याक एण्ड येति रेस्टुरेण्ट -६०० हङकङ डलर
८३. श्री कुमार राई -२०० हङकङ डलर
८४. फक्ताङ्लुङ स्टोर -१०१ हङकङ डलर
८५. रमेश सिंगक -५०० हङकङ डलर
८६. लक्ष्मी संयक -३०० हङकङ डलर
८७. इन्दु सुनुवार -१०५ हङकङ डलर
८८. साबित्रा इङ्नाम -३०० हङकङ डलर
८९. पबित्रा फोम्बो -३०५ हङकङ डलर
९०. टंक नाल्बो -५०० हङकङ डलर
९१. मायाँ देवान -३०५ हङकङ डलर
९२. त्रीलोक नाल्बो -१००० हङकङ डलर
९३. दिर्ग नाल्बो -५०० हङकङ डलर
९४. बिरेन थलङ -५०० हङकङ डलर
९५. राजेश निङ्लेकु -५०० हङकङ डलर
९६. उसा ओस्ति -५०० हङकङ डलर
९७. सन्तोश मोदेन्छङ सम्बा -५०० हङकङ डलर
९८. हेम तबेबुङ –५०० हङकङ डलर

    प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

    'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
    सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    ©2026 eSewaro All rights reserved. | Website by Appharu.com