ताप्लेजुङको फुङलिङ बजारमा फाल्गुन १० गते बेलुका प्रहरी प्रशासनद्वारा नो केवलकार पक्षीय पदयात्रीहरुमाथि चरम दमन गरिएको छ। प्रहरीले बदला लिने भावमा पदयात्री माथि लम । आन्दोलनकारीहरूले प्रहरीको क्रूर, जंगली, आततायी तथा अमानवीय दमनको विरोध गर्दै घाइतेहरूको उपचार, पक्राउ परेकाहरूको रिहाइ, बेपत्ताहरूको खोजी तथा उच्चस्तरीय छानबिनको माग गरेका छन्। साथै, केवलकार परियोजना खारेज गर्नुपर्ने मागसमेत उठाइएको छ।

दमनको घटनाक्रम

मुक्कुमलुङ ९पाथिभरा० को तल्लो फेदीबाट हिँडेर आएका पदयात्रीहरू साँझ फुङलिङ बजारमा आइपुगेका थिए। उनीहरूले शान्तिपूर्ण जुलुस गरिरहेका बेला प्रहरीले अचानक हस्तक्षेप गरेपछि स्थिति असहज बनेको थियो।

प्रहरी हस्तक्षेपपछि स्थिति तनावपूर्ण बन्दै गयो। आन्दोलनकारीहरू तितरबितर भएपछि प्रहरीले घर(घरमा प्रवेश गरेर गिरफ्तारी तथा कुटपिट गरी चरम दमन गरेको छ। विशेष गरी चन्द्र मादेनको घरमा बसिरहेका आन्दोलनकारीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेर बेहोस बनाएको तथा त्यसपछि निर्मम कुटपिट गरेको बताइएको छ। रातको समयमा कोठा(कोठामा अश्रुग्यास प्रहार गर्नु अमानवीय भएको भन्दै मानवअधिकार उल्लङ्घनको गम्भीर आरोप लगाइएको छ।

प्रमुख मागहरू

१। घाइतेहरूको तत्काल उपचार गरियोस्।
२। पक्राउ परेकाहरूलाई रिहा गरियोस्।
३। बेपत्ताहरूको खोजी गरी सार्वजनिक गरियोस्।
४। प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा र डीएसपी रबि रावललाई कारबाही गरियोस्।
५। लगाइएको कर्फ्यु तत्काल हटाइयोस्।
६। केवलकार निर्माण परियोजना खारेज गरिएको घोषणा गरियोस्।

आन्दोलनको कार्यक्रम

आजदेखि प्रदेश १ का १४ वटै जिल्लाहरू तथा उपत्यकामा विरोध प्रदर्शन, पत्रकार सम्मेलन तथा प्रत्येक पालिका र वार्डसम्म प्रदर्शन अघि बढाइने जनाइएको छ।

घाइते तथा पक्राउ परेका व्यक्तिहरू

घटनामा परी दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेहरूमध्ये गम्भीर घाइतेको सूची यसप्रकार छस्

समर येङदेन – हात गम्भीर रूपमा भाँचिएको, २४ घण्टा भित्र उपचार नभए हात काट्नुपर्ने अवस्था।

शिशिर पोमु – रातिदेखि बेहोस अवस्थामा।

एन.के. दर्नाल – टाउकोमा गम्भीर चोट, रगत वान्ता गरिरहेको।

राम राई – दाहिने काँध खसेको, खुट्टा भाँचिएको।

अशिम पालुवा लगायत दर्जनौँ घाइते।

पक्राउ परेका व्यक्तिहरूमध्ये प्रहरीले १५ जनाको नाम सार्वजनिक गरे पनि आन्दोलनकारीहरूका अनुसार कम्तीमा ३० जना पक्राउ परेको अनुमान गरिएको छ। प्रहरीले थप नाम सार्वजनिक गर्न अस्वीकार गरेको जनाइएको छ।

संघसंस्थाहरूको ऐक्यबद्धता

यस घटनाप्रति विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। विरोधको अगुवाइ विभिन्न स्थानीय र राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूले गरिरहेका छन्।

राजनीतिक दलहरूको समर्थन

यस घटनालाई लिएर विभिन्न राजनीतिक दलहरूले पनि विरोध जनाएका छन्। विरोधको नेतृत्व गरिरहेका दलहरूले तत्काल सरकारले दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।

आन्दोलनरत समूहहरूले सरकारले माग पूरा नगरेसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com