काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधानका लागि सरकारी र आन्दोलनरत पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ। सोमबार साँझ ललितपुरस्थित हिमालय होटलमा भएको छलफलमा दुबै पक्षबीच ठोस सहमति नभए पनि संवाद जारी राख्ने सहमति भएको छ।

आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङका अनुसार, मंगलबार पुनः बैठक बस्ने सहमति भएको छ। उनले भने, ‘आज निष्कर्ष निकाल्न सकेनौँ, तर भोलि बिहान ११ बजे पुनः वार्ता गर्ने निर्णय भएको छ।’

आन्दोलनरत पक्षले तीन प्रमुख माग राखेका छन्— पहिलो, केबलकार निर्माण कार्य तत्काल स्थगित गर्ने; अर्को वार्ता समूहलाई स्थगन गर्ने र तेस्रो, पक्राउ परेकाहरूको रिहाइ तथा घाइतेहरूको उद्धार गर्ने। तर, सरकारी पक्षले यी मागहरू तत्काल स्वीकार गर्न नसक्ने जनाएको संयोजक तुम्याहाङले बताए।

पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माण खारेज गर्न माग गर्दै आन्दोलन जारी छ। अरुणपूर्वका नौ जिल्लामा अनिश्चितकालीन यातायात बन्दसहित विरोध प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com