उत्सवमा विभिन्न प्रकाशक तथा पुस्तक विक्रेताहरूका पुस्तक स्टल, रिल कण्टेस्ट मार्फत् बुक रिभ्यु प्रतिस्पर्धा, पाठक विमर्श, लेखकसँग भेटघाट, पोएट्री जेम तथा सङ्गीतिक कार्यक्रम हुनेछन्। यसले पाठकलाई आफूले रुचाएका पुस्तक र लेखकसँग प्रत्यक्ष जोडिने अवसर पनि प्रदान गर्ने आयोजकको विश्वास छ ।
भदौं ३० काठमाडौं- बड़ा दशैंको ठीक अघि यसचोटि सिलिगुढीमा किताबको उत्सव हुने भएको छ। हिमालयन पब्लिशर्स एन्ड बुक सेलर गिल्डले यसचोटिको बड़ा दशैंलाई किताबमय बनाउने जमर्को गरेको छ। जहाँ नेपाली पुस्तक, साहित्य, सिर्जना र विचारलाई एउटै मञ्चमा देख्न पाइने छ। यसको निम्ति हरेक किताबप्रेमीले 9 र 10 (अक्टोबर 2026)-को दुई दिनलाई सुरक्षित राख्न पर्नेछ ।
साहित्यप्रेमीहरूलाई लक्षित गरी आयोजना गर्न लागेको यस उत्सवमा पुस्तक प्रदर्शनी तथा बिक्रीसँगै साहित्यिक संवाद, कविता, सङ्गीत र सिर्जनात्मक प्रस्तुती रहने छ ।
उत्सवमा विभिन्न प्रकाशक तथा पुस्तक विक्रेताहरूका पुस्तक स्टल, रिल कण्टेस्ट मार्फत् बुक रिभ्यु प्रतिस्पर्धा, पाठक विमर्श, लेखकसँग भेटघाट, पोएट्री जेम तथा सङ्गीतिक कार्यक्रम हुनेछन्। यसले पाठकलाई आफूले रुचाएका पुस्तक र लेखकसँग प्रत्यक्ष जोडिने अवसर पनि प्रदान गर्ने आयोजकको विश्वास छ ।

उत्सवमा चयनित पुस्तकहरूमा 60% सम्म छुट उपलब्ध रहने बताइएको छ। उक्त अवसरमा पुस्तकप्रेमीहरूले विभिन्न विधा र विषयका पुस्तकहरू एउटै स्थानमा हेर्न, किन्न तथा लेखक–साहित्यकारसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।
आयोजकका अनुसार ‘हिमाली किताब उत्सव’ केवल पुस्तक बिक्रीको कार्यक्रम नभई किताब, विचार, संवाद र सिर्जनशीलताको साझा उत्सव पनि हो ।
आयोजक पक्षले साहित्यप्रेमी, लेखक, पाठक, विद्यार्थी, प्रकाशक, पुस्तक विक्रेता तथा साहित्यमा रुचि राख्ने सबैलाई उत्सवमा सहभागी हुन आह्वान गरेको छ ।
प्रकाशित मिति: ३० भदौ २०८३, मंगलबार

प्रतिक्रिया