काठमाडौं, २४ अगस्ट २०२६।डाइनामिक डेस्टिनेसन फाउन्डेसन नेपालको आयोजनामा दक्षिण एसियाली उत्कृष्टता पुरस्कार २०२६ काठमाडौंस्थित होटल थमेल पार्कमा २१ अगस्ट २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व सांसद नवराज सुबेदी उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता डाइनामिक डेस्टिनेसन फाउन्डेसन नेपालकी अध्यक्ष डा. तिलु रानाले गर्नुभएको थियो।
दक्षिण एसियाली मुलुकहरूबीच आपसी सम्बन्ध, सहकार्य तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानलगायतका देशहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई दक्षिण एसियाली उत्कृष्टता पुरस्कार २०२६ द्वारा सम्मान गरिएको थियो। विभिन्न देशका प्रतिनिधि तथा अतिथिहरूको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप प्रदान गरेको थियो।

कार्यक्रमले दक्षिण एसियाली राष्ट्रहरूबीच सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
आयोजक:
डाइनामिक डेस्टिनेसन फाउन्डेसन नेपाल
प्रकाशित मिति: ८ भदौ २०८३, सोमबार

प्रतिक्रिया