काठमाडौं । नेपाली फुटबलको प्रतिष्ठित क्लब फ्रेन्ड्स क्लबले आफ्नो ग्रासरुट्स कार्यक्रमलाई थप सशक्त बनाउने क्रममा नेपाल महिला राष्ट्रिय टोलीकी पूर्व कप्तान तथा अनुभवी खेलाडी अनु लामालाई प्रशिक्षकको रूपमा भित्र्याएको छ।

युवा खेलाडीको विकास र नेपाली फुटबलको भविष्य निर्माणलाई प्राथमिकता दिँदै आएको फ्रेन्ड्स क्लबले अनु लामाको आगमनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। नेपाली महिला फुटबलमा लामो समय योगदान दिएकी अनु लामाको अनुभव, नेतृत्व क्षमता र खेलप्रतिको समर्पणले क्लबका युवा प्रतिभाहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

क्लबका अनुसार अनु लामाले युवा खेलाडीहरूलाई प्राविधिक सीप मात्र होइन, अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र खेल भावना विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछिन्।

फ्रेन्ड्स क्लबले विगतदेखि नै नेपाली फुटबलका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्दै आएको छ। क्लबले अनु लामाको अनुभव र आफ्नो गौरवशाली फुटबल इतिहासको संयोजनले नयाँ पुस्ताका खेलाडीलाई अझ राम्रो अवसर र मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरेको छ।

क्लबले अनु लामालाई फ्रेन्ड्स परिवारमा हार्दिक स्वागत गर्दै आगामी दिनमा नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com