काठमान्डौ – ‘UMO’ शीर्षकको भावनात्मक म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । Wambule Rai भाषामा UMO को अर्थ हजुरआमा हो । यो म्युजिक भिडियो रुपेश र गोविन राईका हजुरआमा अर्थात् वास्तविक UMO को जीवनयात्रा, सङ्घर्ष, ममता र विरासतप्रति समर्पित गरिएको छ ।
ओखलढुङ्गाको ठूलो जुरे गाउँमा छायाङ्कन गरिएको यस भिडियोले तीन पुस्तालाई जोड्ने एक आमाको जीवनकथा प्रस्तुत गरेको छ । आफ्नै काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी बोकेर कठिनाइसँग जुध्दै पनि आशा र प्रेमलाई जोगाइराख्ने आमाको संघर्षलाई भिडियोले मार्मिक ढङ्गले चित्रण गरेको छ । पुरानो झुपडीदेखि नयाँ घरसम्म, दाउरा बोक्ने दिनदेखि चाडपर्वका खुसीसम्मको यात्रामार्फत UMO को जीवनलाई जीवन्त रूपमा उतारिएको छ ।
भिडियोमा लक्ष्मी योङहाङ र गोविन राई को अभिनय रहेको छ । गीता तामाङले मेकअप आर्टिस्ट (MUA) को भूमिका निर्वाह गरेकी छन् भने प्रशान्त योगी सहायक क्यामेरा तथा गाफर रहेका छन् । टी. साम लामाले सहायक सम्पादन, रेवट श्रेष्ठले सम्पादन तथा रङ संयोजन, टिब्रेले प्रोडक्सन डिजाइन र मिसेक लिम्बूले छायाङ्कन गरेका छन् । भिडियोको निर्देशन अभिषेक सुवेदीले गरेका हुन् ।
A Media Port Production को प्रस्तुतिमा निर्माण भएको ‘UMO’ ले एक आमाको निस्वार्थ प्रेम, त्याग र जीवन सङ्घर्षलाई कलात्मक रूपमा अभिव्यक्त गर्दै दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
भिडियो हेर्नुहोस :
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया