उसो त तिमिलाई पहिलो चोटि भेट्न आउदा मैले थुप्रै थोक सकाएकी थिए आमाको कोठामा भएको पाउडरको बट्टा बुवाको पेन्टको गोजिमा भएको नोट

-रेनुका गुरुङ

मनका कुरा

मैले सुन्ने प्रत्येक सङ्गितहरुमा तिमी शब्दहरु बनेर ,मुटुमा काउकुती लाईरहन्छौ मैले पेन्सिल तिखारेर चित्र बनाईरहदा
तिखारिएको पेन्सिल जस्तै, म तिखारिरहेको हुन्छु आफैलाई तिम्रो प्रेममा तर भुलिजान्छु ,जतिचोटी तिखारिदैछु उतिनै चोटि सकिदैछु
सकिनु आफैमा सुन्दर चिज रहेछ हगि ?

उसो त तिमिलाई पहिलो चोटि भेट्न आउदा मैले थुप्रै थोक सकाएकी थिए आमाको कोठामा भएको पाउडरको बट्टा बुवाको पेन्टको गोजिमा भएको नोट दिदिको नया हिलजुत्ता यी सबै सकाउदै मैले मेरो बिस्वबिधालय जाने समय सकाएकी थिए
सकिनु आफैमा सुन्दर चिज रहेछ हगि?

प्रकाशित मिति: १ असार २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com