२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्र आदिमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।

‘श्रम संस्कृतिको पार्टी जात, धर्म, भूगोल, लिंगका नाममा छुट्टाइएका नेपालीलाई एउटै मालामा उनेर लैजान चाहन्छौँ,’ उनले भने,’संविधान, संघीयता, धर्म निरपेक्षता, लोकतन्त्रमा दायाँबायाँ गर्न खोजे प्रतिकार गर्नेछौं ।’

श्रमको क्रान्तिद्वारा स्वाधीन नेपाल, स्वाभिमानी नेपाली बनाउन चाहेको उल्लेख गर्दै पछाडि पारेको मधेसबाट आफूहरूले ठाकुरलाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com