२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग रिसाएका छन् ।

उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी रिसाएका हुन् ।

एक थान उपसभामुख पद प्राथमिकता नरहेको उल्लेख गर्दै उनले भने, ‘ तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि, अन्य पूराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं ।’

एकातर्फ उपसभामुखको सन्दर्भमा पूराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहोर्‍याए ।

तर, पछि रास्वपा र पूराना दलहरू एकातिर रहन पुगेको उनले बताए । उनले भनेका छन्, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको भनेर पनि उनले व्यंग्य गरे । रास्वपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उनले बताए ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com