२०-चैत काठमाडौं – लिम्बु र राई संस्कृतिको झल्को दिने “राईनीलाई लाने सल्लाह” बोलको नयाँ नेपाली गीत सार्वजनिक गरिएको छ। गीतले प्रेम, र सामाजिक सांस्कृतिक परिवेशलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।
गीतमा शब्द विजय मगरले लेखेका हुन् भने संगीत शाहिल लिम्बुले तयार पारेका छन्। स्वरमा शाहिल लिम्बुलाई मेलिना राईले साथ दिएका छन्। गीतको सङ्गीत संयोजन देबेश राईले गरेका हुन् भने ध्वनि मिश्रण तथा परिष्कार राजु कार्कीले गरेका छन्।
बाँसुरीमा रत्न बीके, मादल र च्याब्रुङमा कुन्दन शाहको प्रस्तुति रहेको छ। गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। ब्याक भोकलमा नवीन दाहाल, राजु बराकोटी, परास राई, दिपा सुहाङ, अप्सु योगी र सम्झना योङहाङले साथ दिएका छन्।
कलाकारहरू अलिशा राई, एरोन थापा मगर, सिता राई र पूर्ण लिम्बुले अभिनय गरेका छन् । च्याब्रुङ नृत्य समूहका कलाकारहरू सन्तु तुम्बाहाङ्फे, सन्देश तुम्बाहाङ्फे, मान बहादुर नाल्बो, आयुषा नाल्बो, इतुषा लुङ्खिम्बा, मंजिला मादेन, बाल बहादुर अन्चाङ्बो, प्रदिप अन्चाङ्बो, सबिता अन्चाङ्बो लगायतले प्रस्तुति दिएका छन्।
भिडियो निर्माणमा सहायक छायांकन बिनोद पुरी, स्पोर्ट बोय दीपक शिवाकोटी, डान्स समूह नेता हरि अधिकारी, आर्ट डिटेक्टर सुनिल राई, उत्पादन व्यवस्थापक मनि कुलुङ राई, पोशाक लिज्यु कलेक्सन र नोयो कलेक्सन, मेकअप राबिना लिम्बु, हेयर सबु गुरुङ, निर्माता हाङबारे आङबुहाङ र कार्यकारी निर्माता सुहाङ्मा आङबुहाङ, नृत्य निर्देशक रोशन बिश्वकर्मा, सम्पादक अनिल राना, छायांकन प्रमुख योगेश दाहाल, कथा तथा निर्देशन सुवम चाम्लिङ राईको रहेको छ।
परम्परागत संस्कृति र आधुनिक प्रस्तुतीकरणको संयोजनले गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
-गीत भिडियो
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया