ताप्लेजुङ । ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल न. १ गुल्म हेड क्वाटर कञ्चजजङ्घा ताप्लेजुङद्वारा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयोजन र दुर्गादल गुल्म ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी वल नं। १ गुल्मका डीएसपी नरेश मर्हजनले जानकारी दिनुभयो ।

कार्यक्रममा संयुक्त लामो दुरी गस्ती (एल.आर. पी) परिचालन, विपदजन्य घटनाको कारण हुने सडक दुर्घटना र उद्धार कार्य , बिपद्को कारण बिजुलीको पोलमा सवारी साधन ठोकिदा हुने आगलागी र नियन्त्रण साथै उद्धार सम्बन्धी डेमो देखाइएको थियो ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com