२१ -काठमाडौं – याक्थुङ समुदायको मौलिक पहिचान झल्काउने गीत ‘पातेना सेक्मुरी’ सार्वजनिक भएको छ। गीता पालुङ्वाको शब्द रहेको यस गीतलाई श्रेयासी चेम्जोङले स्वर दिएकी छन् भने अशोक लोहोरुङ राईले संगीत, पृष्ठभूमि संगीत र संगीत संयोजन गरेका छन्।
गीतले प्रेम, विछोड र समर्पणको गहिरो व्यथा पोखेको छ। ‘पाटेना सेक्मुरी’ मार्फत प्रेमी–प्रेमिकाबीचको अटल विश्वास र एकअर्काप्रतिको मायालाई उतार्न खोजिएको छ। गीतको भावअनुसार जीवनको हरेक मोडमा एकअर्कालाई सम्हाल्ने र साथ दिने कथा पस्किएको छ, जसले श्रोताको मन छुने विश्वास गरिएको छ।
लोकेन सान्बा लिम्बुको निर्देशनमा तयार भएको भिडियोलाई अरुण बारुण न्यौपानेले खिचेका हुन्। भिडियोको सम्पादन गौतम राज खड्काले गरेका छन् भने पोस्ट–प्रोडक्सन ‘पेन सिजर एन्ड रेन्डर’ ले गरेको छ। यस गीतलाई अन्नपूर्ण डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा अभिषेक लिम्बु र आप्सु वाजी लिम्बु मुख्य भूमिकामा देखिएका छन्। प्रस्तुतकर्ताको रुपमा मानमाया आङबुङ लिम्बु रहेकी छन्। सह–कलाकारहरूमा भीष्म योङहाङ लिम्बु, सचिन काम्बाङ, नैना कला वानेम, गीता पालुङ्वा, मानमाया आङबुङ लिम्बु, रीता लक्सम, हर्क घिसिङ, अञ्जिला नेम्बाङ, योमन सान्बा, मञ्जु याक्सो, मयुरा राई र सरस्वती नेम्बाङको अभिनय रहेको छ।
डबिङ कलाकारको रुपमा मनु नेम्बाङ, लोकेन सान्बा, गीता पालुङ्वा, श्री स्वाती नेम्बाङ र मानमाया आङबुङले आवाज दिएका छन्।
भिडियोको छायाँकन काठमाडौंको किरात याक्थुङ चुम्लुङ, यलिवुड रेस्ट्रो प्रालि र नाङजुङ सेकुवा कोर्नरमा गरिएको हो।
निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई विशेष धन्यवाद दिइएको छ। जसमा पाँचथर हाल काठमाडौंका यासेली योङहाङ, ताप्लेजुङका हाल काठमाडौं धनजीत सान्बा लिम्बु, मलेसियाका चन्द्र फेदाप, तेर्हथुमका हाल काठमाडौंका अभिलेत फुङ, ताप्लेजुङ हाल धरानका तीर्थराज तीराज पालुङ्वा, ताप्लेजुङ हाल धरान की नुमा अनुषा नेयोङहाङ र भारतको सिक्किमका ईमाहाङ सेत्लिङ लिम्बु रहेका छन्।
भिडियो…
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया