काठमाडौँ  :

चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए |

चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएओ हो | आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ | विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको यथार्थ घटनालाई चित्रण गरिएको छ |

चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड – २०८१, बिशेष चलचित्र पुरस्कार – २०८१ (चलचित्र विकास बोर्ड), NIFF Award UK – 2025 मा उत्कृष्ट अवार्ड तथा पुरस्कार प्राप्त गरेको छ |

याक्थुङ फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा लेखक/निर्देशक/निर्माता सागर केरुङ, छायांकन युबराज राइ, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, सम्पादन पर्शु थलङ्, ब्याकराउण्ड म्युजिक मोनी ताम्लिङ, कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बु, सागर केरुङ, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, तुलसा लिम्बुको रहेको छ भने सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ,कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, राजु घिमिरे, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योङया, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा लगायतले अभिनय गरेका छन् |

चलचित्रको ट्रेलर हेरुहोस : https://www.youtube.com/watch?v=fs6GDBKXpw8&t=17s

चलचित्रको गीत सुन्नुहोस: https://www.youtube.com/watch?v=CgMSh-S8icw&list=RDCgMSh-S8icw&start_radio=1

प्रकाशित मिति: २५ मंसिर २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com