१६ मंसिर, काठमाडौं ।ङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वालिङ नगरपालिकाले यही मंसिरको १९ गते प्रथम सडक खाना महोत्सव गर्न लागेको छ ।सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सडक खाना महोत्सवको दिनमा सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरिएको पालिकाले सूचना निकालेर जानकारी गराएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com