९ मङ्सिर काठमाडौँ ।जनमत पार्टीले आगामी निर्वाचनका लागि आफ्ना नेताहरूलाई आफैँ उम्मेदवार घोषणा नगर्न आग्रह गरेको छ। 

नेताहरूले आफ्नै तरिकाले समाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा उम्मेदवार घोषणा गर्न थालेपछि पार्टीले यस्तो आग्रह गरेको हो । जनमतले आफ्ना सम्पूर्ण समितिलाई एक सर्कुलर जारी गर्दै प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ मा पार्टीले नै उम्मेदवार बनाउने उल्लेख छ । तोकिएको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट कार्यकारिणी समिति तथा केन्द्रीय सचिवालयले उम्मेदवार घोषणा गरिने पार्टीले जनाएको छ । उम्मेदवारको घोषणा कुनै जिल्ला समिति वा प्रदेश समितिले पनि गर्न नपाउने जनमतले स्पष्ट पारेको छ।

हालसम्म उम्मेदवार घोषणा नगरिएकाले कोही पनि पार्टीको आधिकारिक नभएको र कसैले आफै प्रचारबाजी गरी टिकट नपाए ऊ स्वयं जिम्मेवार हुने पनि पार्टीले जानकारी गराएको छ। 

प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com