९ मंसिर, काठमाडौं ।नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
दुलाललाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताएका छन् ।
सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको उनको भनाइ छ ।पार्टी प्रवेशसँगै दुलाललाई नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ ।
प्रकाशित मिति: १० मंसिर २०८२, मंगलबार

प्रतिक्रिया