७ मंसिर, काठमाडौं ।हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।

यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो ।सोमबार आयोग पुगेर सुनार सहितका नेताहरूले दल दर्ताको प्रमाणपत्र लिएका हुन् । हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ ।

हाम्रो पार्टी नेपालले चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com