• ८ मंसिर, काठमाडौं । असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।
  • काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ ।

सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com