६ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडकमा एउटा शव फेला परेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शनिबार बिहान लुगा कपडाले पोको पारेको अवस्थामा शव फेला परेको हो ।
फेला परेको शव अहिले पोस्टमार्टमका लागि पठाइएको उनले बताए ।शवको सनाखत भएको छैन ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

प्रतिक्रिया