६ मंसिर, काठमाडौं । नेकपा एमालेले गर्न लागेको प्रदर्शनका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाइभर्सन  गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै र्‍याली चलिरहेकाले टुँडिखेल वरपर भएर चल्ने सवारी साधनको आवागमनमा पनि केही प्रभाव पर्नसक्ने देखिएको छ ।सो क्षेत्रमा सहज यात्राका लागि उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता–कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।

एमालेको जनसभालाई मध्यनजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com