४ मंसिर, काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कर्मचारीले निर्णय गर्न डराउने गरेको बताएका छन्।

मन्त्री पुनले सरकारी कार्यालयमा अहिले पनि ढिलासुस्ती रहेको बताउँदै कर्मचारी निर्णय गर्न डराउने गरेको बताएका हुन् ।कर्मचारीहरू आफू तल पर्ने कुरा अथवा अख्तियारले समात्छ कि, कसैले केही गर्छ कि भनेर निर्णय दिन डराउँछन् । डराउनु पनि पर्छ । ऐन–कानुनमा नभएका कुराहरूलाई आफ्नो खुसीले गर्न पाइँदैन,’ उनले भने।

काम हुने नहुने स्पष्टसँग भन्नुपर्ने उनको तर्क छ । ‘ स्पष्टसँग भन्दैनन् । हुन्छ भनेदेखि हुन्छ भन्दिनुपर्छ । हुँदैन भने हुँदैन भन्दिनुपर्छ । त्यो कुरा भन्दैनन् क्या ! ल हेरौंला । यो अगाडि बढाउँला । हेर्दैछु । यति दिनपछि आउनू । पछि सम्पर्क गर्नू जस्ता कुरा कर्मचारीले गर्छन्,’ उनले भने ।सरकारी कार्यालयको प्रक्रियाले पनि ढिलासुस्ती हुनेगरेको उनको बुझाइ छ ।मन्त्रालयमा ब्युरोक्रेटिक प्रोसेस छ । फाइल तलबाट दर्ता सुरु हुन्छ । दर्ताबाट सुरु हुँदै हुँदै गएर सचिव र सचिवबाट मन्त्रीसम्म आइपुग्छ । एक ठाउँबाट अर्को ठाउँमा फाइल जान एकदमै ढिलो हुन्छ,’ उनले भने।

स्वार्थ गाँसिएको विषयमा कर्मचारीले घुमाउन सक्ने भनाइ उनको छ ।स्वार्थ गाँसिएको छ भने घुमाउने हो । मन्त्रीको पनि स्वार्थ गाँसिएको हुनसक्छ । मन्त्रीले नहुने काम कर्मचारीलाई गराउन खोजिरहेको छ भने कर्मचारीले घुमाउँछ । कर्मचारीको पनि आफ्नो स्वार्थ हुनसक्छ । त्यो कुराले पनि घुमाएको होला । तर मैले हुन्छ भने तुरुन्तै गर्दिनू, हुँदैन भने हुँदैन भन्दिनु भनेको छु,’ उनले भने।

प्रकाशित मिति: ५ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com