१ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कसैलाई पनि पाखा पारिएको अनुभूति हुन दिन नहुने बताएका छन् । यदि त्यसो भएमा मानिस विद्रोही हुने उनको भनाइ छ ।

कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले भने, ‘यदि समाजमा कसैले पनि म पाखा पारिएको छु, सरकारले मलाई सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ, विकासमा पहुँच दिएर हेरेको छ, आर्थिक अवसर सिर्जना गरेर हेरेको छ भन्ने धारणा निर्माण भयो भने नागरिक सरकारप्रति वा व्यवसायीप्रति विद्रोही भएर आउँदैनन् ।त्यसको पुष्टि जेनजी आन्दोलनले पनि गरेको बताउँदै उनले थपे, ‘राजनैतिक वृत्त, समाजमा पनि अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र मानिस पलायन हुनुको पीडा व्यक्त गर्ने क्रममा मानिसहरु विद्रोही हुन पुगेका हुन् । जसकारण हामीले क्षति व्यहोर्नुपर्‍यो ।’

आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफैं शान्ति कायम हुने उनले बताए ।राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने उनले बताए । अर्थमन्त्री खनालले भने,राजश्वमा गरिएको योगदानले नै हामीले समतामुलक समाज निर्माण गर्नसक्छौं । आम नागरिकको विकासको चाहना पूरा गर्न सक्छौं र त्यसैबाट हामीले समाजमा शान्ति कायम गर्नसक्छौं ।

खनालले निजी क्षेत्रले संकटका बाबजुत पनि पुन: उठ्ने मनोबल राख्नु सकारात्मक रहेको बताए । उनले आवश्यक सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति: २ मंसिर २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com