काठमाडैं किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो ।
फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन् । उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फाल्गुनन्द समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक रहेको बताए ।
महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्दै उनले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले कोशी प्रदेश सरकारले भाषा संस्कृति लिपिको संरक्षणका लागि संवैधानिक व्यवस्था अनुसार भाषाहरूलाई प्रदेशमा प्रयोगमा ल्याउने बताए ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com