काठमडौ

११औँ शताब्दीमा तिब्बतमा जन्मनु भएका सिद्ध कवि तथा बौद्ध धर्मका महान योगी मिलारेपाको जीवनकथामा आधारित नाटक मिलारेपाको टिकट खुल्ला भइसकेको छ।

यस नाटकले एक साधारण मानिसको आत्मरूपान्तरणको अद्भुत यात्राको कथा प्रस्तुत गर्छ।

नाटकले पापबाट पश्चात्ताप हुँदै ज्ञानप्राप्तिको शिखरसम्मको आध्यात्मिक यात्रालाई गहिरो रूपमा उजागर गर्दछ। प्रतिशोध, आफ्ना गल्तीहरूको आत्मसमीक्षा, कठोर तपस्या र साधनाद्वारा ज्ञान प्राप्त गर्नुभएको मिलारेपाको जीवनकथा मार्फत नाटकले पापकर्मका परिणाम, पश्चात्ताप र रूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई नाटकीय रूपले चित्रित गर्दछ।

परिकल्पना र निर्देशनः बुद्धि तामाङ उमेश तामाङ
नाट्य रूपान्तरणः रविन तामाङ
२०८२ कार्तिक १८ – मंसिर २१ गतेसम्म सोमवार बाहेक
साँझ ५ः३० बजे ९शनिवार दिउँसो १ बजे पनि०
मण्डला थिएटर नेपाल, थापागाउँ, काठमाडौं
०१–५२४५१४७,

प्रकाशित मिति: १६ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com