कवि विमल गुरुङ

विमल गुरुङले छोटो जीवनमा एउटा लामो यात्रा हिँडे।आफ्नो उमेरका साथीहरू जीवनको बाटोमा अलमलिरहेका बेला उनले आफ्ना लागि सुन्दर बाटो रोजिसकेका थिए।उनले बाँचेको छोटो समयमा पनि जीवनको नदीमाथि अनुभवहरूको लामो पुल तरिसकेका थिए।उनले जीवन नामको नदीको किनारैकिनार सङ्घर्ष र अनुभूतिका अनेक सुन्दर ढुङ्गाहरू सयर गरिसकेका थिए । आफ्ना कवितामार्फत् जनताका पीडा, अराजक समाजको विरुद्ध चर्को विद्रोह र समाजप्रति चेतनाको दियो बालिसकेका थिए । सानै उमेरमा जीवनको धेरै नजिक पुगेर पीडा र अभावका अनेक उतारचढाव हेरिसकेका थिए।कवि,अनुवादक चन्द्र गुरुङ

सभाको भोलिपल्ट

सभामा
विशिष्ट अतिथिहरूका सुआगमनपश्चात्
माल्यार्पण गरिए तस्बिरमा

किला ठोकिएका
मुखहरूबाट राष्ट्रिय गीत बजाइए

खिचिरहेका थिए फोटो खिच्नेहरू
लिइरहेका थिए फोटो लिनेहरू
टी।भी। र भिडियोका
मान्छेहरू अघि नै हाजिर भैसकेका थिए
र,तिनीहरू पूरा गर्दै रहे
अति कुशलतापूर्वक आफ्ना कार्यभार
मन्त्रीजीबाट
सार्वभौमिकता,राष्ट्रियता

जनताप्रतिको आफ्नो असीम उत्तरदायित्व
मनमोहक शैलीमा उद्घाटित गरिए।

सभाको भोलिपल्ट
एउटा मान्छेले
एक पेट भात माग्यो मन्त्रीजीसँग
मन्त्रीजीले सत्तालाई देखाए
सत्ताले
अञ्चलाधीशलाई देखायो
अञ्चलाधीशले थानालाई देखायो
थानाले प्रहरीलाई देखायो
प्रहरीले छेउको बन्दुकलाई देखायो
थकित भएर
उसले बन्दुकको अँध्यारो प्वाँलतिर हेर्यो
सत्यनाश भो,
बन्दुकले उसैलाई थुकेर गयो।

इ.सेवारो कविता बिशेषमा यसपटक सुप्रसिद्ध कवि विमल गुरुको अत्यन्तै लोकप्रिय कविता सभामा भोलीपल्ट शिर्षकको कविता प्रकाशित गरेका छोँ।सम्पादक विशाल नाल्बो

प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com