जब भूमिले माटो र मौनतामा बोल्छ
दार्जिलिङ(कालिम्पोङ पहाड(तराई
(डुवर्स क्षेत्र फेरि एकपटक निरन्तर र असमय वर्षाका कारण ध्वस्त भएको छ। यसले पहाडदेखि समतल क्षेत्रहरूमा व्यापक विनाश निम्त्याएको छ(( चिया बगान, गाउँतिर घातक पहिरो, नदी किनार र टापुहरूमा बाँढी। हालसम्म केवल पहाडमा मात्रै ३० भन्दा बढीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ— सायद धेरै अझै बेपत्ता छन्— घरहरू भत्किएका छन्, सम्पूर्ण परिवार माटोमा पुरिएका छन्, सडकहरू मेटिएका छन्, र धेरै गाउँहरू विच्छिन्न भएका छन्। तराई(डुवर्स क्षेत्रमा पनि व्यापक क्षति भएको छ, र मृत्युको सङ्ख्या लगातार बढिरहेको खबर आउँदैछ। छिमेकी नेपालमा पनि यस वर्षाजन्य प्रकोपका कारण यस्तै विनाश भएको छ।
आज हामी जे देखिरहेका छौं, त्यो केवल प्राकृतिक विपत्ति मात्र होइन— यो हो संस्थागत लापरवाही, बजार(मुखी नीति तथा योजनाहरूका कारण भएको पर्यावरण व्यवस्थापनको कमी, र यी कमजोर हिमालय र हिमालफेदीका क्षेत्रहरूको नीतिगत ढाँचामा पारिस्थितिक दूरदर्शिताको आपराधिक अभावको परिणाम हो।
यस विपत्तिले यस क्षेत्रमा रहेको प्रशासनिक शून्यता लाई फेरि एकपटक उजागर गरेको छ। यहाँ कुनै व्यापक आपदा(व्यवस्थापनको योजना छैन— न त छ कुनै अगावै चेतावनी दिने प्रणाली, न वर्षात् अगाडिका सुरक्षाको रणनीति, न कुनै समन्वित राहत व्यवस्था। धेरै पुलहरू बगाएको छ, जसले गर्दा महत्वपूर्ण मार्गहरू अवरुद्ध भएको छ। सम्पर्क विच्छेद भएकोले उद्धार र राहत कार्यलाई थप कमजोर बनाएको छ। यानवाहन चल्ने सडकहरू ठाउँठाउँमा चर्किएका वा भत्किएका छन्, कि त पूर्ण रूपमै मेटिएका छन्, जसले गर्दा धेरै चिया बगान र ग्रामीण बस्तीहरू पूर्णतः विच्छिन्न भएका छन्।
अचेल पर्यटन तथा पर्यटनकेन्द्रित अर्थतन्त्रलाई परम प्राथमिकता दिइँदैछ। पहाडी क्षेत्रहरू र दूरदराजका गाउँहरूलाई “सुरक्षित आश्रय” वा “इको(पाराडाइज” को रूपमा प्रचार गरिँदैछ— जसले यस क्षेत्रको भँगुरतालाई लुकाएर योजनाकारहरूलाई एकलकाँसे वा अन्धो बनाएको छ। जब होटल, रिसोर्ट र होमस्टेहरू च्याउजस्तै अनाधिकृत रूपमा उम्रिरहेका छन्, तब कंक्रीट र अलकत्रामुनि च्यापिएर पहाड भित्रभित्रै रगताम्मे बन्न पुगेको छ। फोहोर व्यवस्थापनको अभाव, अनियन्त्रित र अवैध अव्यवस्थित निर्माण कार्यले इकोसिस्टमलाई थप नोक्सान पुर्याइरहेको छ।
आज हामी जुन अवस्था देखिरहेका छौं, त्यो मूलतः पुँजीवादी विकासको गुणगानको मूल्य हो— जहाँ पहाडलाई जीवन्त इकोसिस्टमको रूपमा नभई, उत्पादन र मुनाफा कमाउने बजारको रूपमा हेरिन्छ। र यहीं सुरुङबाट ब्रोडगेज रेललाइन वा ठूला जलविद्युत परियोजनाहरू जस्ता भयानक परिकल्पनाहरू बनाइँदैछ। रूखहरू वा पूरै जंगल काट्ने कामले सम्पूर्ण क्षेत्रको पीडा र असहायतालाई मात्र बढाएको छ।
समतल क्षेत्रमा बाढीको पानीले धान खेतहरू डुबायो, घरहरू क्षतिग्रस्त भए र हजारौं विस्थापित भए। जलपाईगुडी र अलिपुरद्वारको डुवर्स वा दार्जिलिङको तराई क्षेत्र, जुन पहिले नै हिमालयको फेदीका लागि इकोलजिकल बफर(को रूपमा काम गर्छ, अहिले अस्थिर जलचक्र ९म्भकतबदष्ष्शिभम ज्थमचययिनष्अब िऋथअभि० को मार झेलिरहेको छ— जुन असमन्वित अन्तरदेशीय बाँध व्यवस्थापन र व्यावसायिक जलविद्युत विस्तारको प्रत्यक्ष परिणाम हो।
विभिन्न जलविद्युत परियोजनाहरू, भुटानका बाँधहरू, डोलोमाइट प्रदूषण, अनगिन्ती अवैध निर्माण, रेल सुरुङ, बालुवा(ढुङ्गा उत्खनन र अनियन्त्रित वन फँडानीको सम्मिलित प्रभावले जल निकास मार्ग परिवर्तन गरेको छ, माटोको पानी सोस्ने क्षमता घटाएको छ र नदी किनारलाई क्षय गरेको छ— जसले गर्दा सम्पूर्ण दार्जिलिङ(कालिम्पोङ(सिक्किम(डुवर्स(तराई बेल्टलाई एक्कासी आउने बाढी, पहिरो, भूक्षय र यस्ता ठूला वातावरणीय विपत्तिको निरन्तर चक्रमा धकेलिएको छ।
तर, सन् २०२३ को विनाशकारी टिस्टा न् ९ग्लेशियर ताल फुट्ने बाढी पछि पनि, नीतिनिर्माताहरूको सोचमा कुनै परिवर्तन आएको छैन— अहिले पनि ‘पहिले वृद्धि, पछि पर्यावरण’ भन्ने मानसिकता चलिरहेको छ। र टिस्टा खोलाको सन् २०२३ को बाढीबाट प्रभावित धेरै मानिसहरू आजसम्म पनि सरकारबाट उचित पुनर्वास र सहयोगको लागि प्रतीक्षा गरिरहेका छन्।
यस सङ्कटको मुटुमा एक वैचारिक र ऐतिहासिक घाउ निहित छ। शासक वर्गले अझै पनि औपनिवेशिक दृष्टिकोणबाटै पहाडमा शासन चलाइरहेको छ— जहाँ पर्यटनले समुदायको ठाउँ लिन्छ, रिसोर्टले जङ्गलको ठाउँ लिन्छ, र मुनाफाले मानिसको आकांक्षा र प्राकृतिक सुरक्षाको ठाउँ ओगट्छ।
ठेकेदार(कर्मचारी(प्रशासनिक साँठगाँठ— अर्थात् ‘कन्ट्र्याक्टर(राज’ नामले कुख्यात यो व्यवस्था नै हरेक तथाकथित ुविकास परियोजनाु को मेरुदण्ड बनेको छ। सडक बनाइन्छ टिकाउ सम्पर्कका लागि होइन, रिबन काट्ने समारोह र थप लुटपाटको लागि बनाइन्छस नालाहरू जमिनको ढाल नहेरी खनिन्छन्स जहाँ पहिले जंगलले सास फेर्थ्यो, त्यहाँ विशाल भवनहरू खडा हुन्छन्।
ुधरोहरु जोगाउने औपनिवेशिक मोह— चिया बगान, पुराना ब्रिटिश बंगलाहरू र ुहिल स्टेशनको सुन्दरताु जोगाउने दृष्टिकोणले नै योजनामाथि प्रभुत्व जमाउँछ, जबकि स्थानीय पारिस्थितिक ज्ञान प्रणालीलाई बेवास्ता, उपहास गरिन्छ वा मेटाइन्छ। यी पहाड र फेदीहरूले एक निश्चित सीमासम्म मात्र भार थाम्न सक्छन्। र अनियन्त्रित तथा अनावश्यक मुनाफा(मुखी निजी उद्यमहरू घातक र विनाशकारी साबित भएका छन्।
प्लास्टिक प्याकेजिङ्गले बजारहरू भरिएको छ, तर वृक्षारोपण, माटो पुनर्स्थापना, फोहोर र सिमसार व्यवस्थापन सबै पछिल्ला कतारका विषय बनेका छन्। हाम्रो जीवन र जीविकालाई धानिरहेको धर्तीलाई स्थिर बनाउनुको सट्टा सौन्दर्यीकरण अभियान लाई बढी महत्व दिइन्छ।
स्थानीय स्रोत साधनहरूमाथि सार्वभौम, समुदायसंचालित शासनको सट्टा, हामीलाई राष्ट्रिय सुरक्षा र पर्यटन सर्किटको नाममा विशेष आर्थिक क्षेत्र ९क्भ्श्०, औद्योगिक करिडोर, बाँध र रेल परियोजनाहरू दिइँदैछ— जुन सबै नवउदारवादी भाषामा उपनिवेशिक शोषण र स्रोत दोहनको पुनरावृत्ति मात्र हो।
जब सत्तामा रहेकाहरूको प्राथमिकता यस्तो हुन्छ— जब पुँजीवाद, नवउदारवाद र औपनिवेशिक मानसिकता शासनको अघोषित व्याकरण बन्छन्— तब जलवायु विपत्तिको विरुद्धमा कसरी कुनै वास्तविक लडाइँ हुन सक्छरु शोषणको उही तर्कभित्र रहेका सुधारवादी आकांक्षाले भूमि वा जनतालाई कहिल्यै वास्तविक न्याय दिन सक्दैनन्।
यस विनाशको स्केललाई हेर्दा, तत्काल यो विपत्तिलाई ूराज्य र राष्ट्रिय विपद्ू घोषणा गर्नु अत्यन्त महत्त्वपूर्ण छ।
यस विकृत योजनाहरू र ुअप(विकासु ९ःब(िमभखभयिऊभलत० विरुद्ध हाम्रो आवाजलाई निरन्तर उठाउनु पर्छ, सामूहिक कदम चाल्नुपर्छ र एकजुट भएर काम गर्नुपर्छ। र अहिले, तत्काल राहतका लागि काम गर्नुपर्ने आवश्यकता छ।
यस शोक र अनिश्चितताको क्षणमा, हामी नागरिक समाजका विभिन्न संस्थाहरू, पेशाजीविहरू, विद्यार्थीहरू, कलाकारहरू र सम्पूर्ण विवेकशील व्यक्तिहरूलाई यस क्षेत्रलाई साथ दिन अपिल गर्दछौं। धेरै क्षेत्रहरू अझै पनि विच्छेदित र पहुँच बाहिर छन्, जहाँ परिवारहरू अहिले पनि खाना, पानी र औषधीय सहायताको लागि पर्खिरहेका छन्। हामीले सबैलाई दान गर्न, भोलन्टियर बन्न, र विश्वसनीय सामुदायिक समूहहरूसँग समन्वय गरी वास्तविक सहयोग सही ठाउँमा पुर्याउन सुनिश्चित गर्न आग्रह गर्दछौं।
यो राहत कार्य हरसम्भव जमिनी स्तरको प्रयास मार्फत सबैभन्दा कमजोर परिवारहरूमा पुगोस् र प्रभावित क्षेत्रहरूमा मेडिकल क्याम्पहरू सञ्चालन गर्न सकियोस् भनेर, हामी निम्न एकाउन्टहरूमा सहयोग रकम पठाउन विनम्र अनुरोध गर्दछौं
Ujjal chetri State Bank Of India Darjeeling Branch Account Number 20343266553 IFCS Code SBIN0014550 UPI ujjchettri07@oksbi Gpay no 956417958
Anupa Tamang State Bank Of India Gorubathan Branch Account Number 38750750785 IFCS Code SBIN0018781 UPI Anupatamang59@oksbi Gpay no 9614611936
सम्पूर्ण कोषहरू मेडिकल क्याम्प, औषधि, खाना र अन्य आवश्यक सामग्री, अस्थायी आश्रय, र प्रभावित समुदायहरूको पुनर्वासका लागि पारदर्शिताका साथ प्रयोग गरिनेछन्। नियमित अपडेटहरू प्रमाणित च्यानल र स्थानीय संयोजकहरू मार्फत साझा गरिनेछन्।
यो केवल सहानुभूति नहोस्— यो न्यायमा आधारित ऐक्यबद्धता, स्मरण र जिम्मेवारीको कार्य बनोस्।
सधन्यवाद,
लाली)गुराँस समूह
दार्जिलिङ(कालिम्पोङ पहाड तथा तराई(डुवर्स क्षेत्रको
सामाजिक(राजनीतिक(सांस्कृतिक समूह।
प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया