alt

वैशाख ६, । सुनसरीको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जनामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ ।  बर्जु तालनजिकै खागको तौल लिँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी पक्कलीबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको थियो । अभियुक्तहरू र खाग डिभिजन वन कार्यालय सुनसरीलाई बुझाएसँगै अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय इनरुवाका डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतले जानकारी दिए ।  

अनुसन्धानका लागि कार्यालयका वैजुकुमार साहलाई अनुसन्धान अधिकृत तोकिएको छ । गैँडाको खागजस्तो ल्याइएको वस्तु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार काठमाडौँ पठाइएको छ ।

परीक्षण रिपोर्टको आधारमा कानूनी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।  यसको सञ्जाल ठूलो भएको उनको बुझाइ छ । यसमा ठूलो समूहको सञ्जाल भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिभिजनल वन अधिकृत बस्नेतले बताए ।   

खाग कहाँबाट ल्याइएको हो र कता लैजान खोजिएको भन्ने विषयमा यकिन हुन बाँकी रहेको छ ।  पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान अघि बढाइने डिभिजन वन कार्यालय प्रमुख शिवनारायण मण्डलले बताए ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com