१२ असोज, काठमाडौं ।

एमालेले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको संकेत आफूहरूले देखेको बताएको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले  यस्तो बताएका हुन् ।

‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं,’ उनले बैठकका निर्णय सुनाउने क्रममा भने ।

सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको भन्दै पार्टी चिन्तित रहेको पनि ज्ञवालीले बताए ।

‘विस्तारै सरकार राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिन्छ,’ उनले भने, ‘दलहरूलाई पन्छाएर मात्रै नभइ निषेध गरेर जाने क्रियाकलाप हामीले देखेका छौं । दलहरूसँग संवाद गर्न नखोजेकामा हामी चिन्तित छौं ।’

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com