शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका थिए । सो क्रममा घाइतेहरूले आफूहरूले उठाएका माग मुद्दालाई पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताए । 

उनले घाइतेहरूलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गरे ।  ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुँदै गएको पाइएको उनले बताए । 

मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेको कामलाई पुरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे । 

जेनजी आन्दोलनका क्रममा दुई हजार भन्दा बढी घाइते भएका थिए । अझै पनि ५० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com