काठमाडौं २५

महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय छन् । तर, उनले आफूहरुलाई रेस्पोन्स गर्न छोडेको एक जेनजी प्रतिनिधिले बताए ।

‘उहाँले फोन नउठाउनुभएपछि अरु नामहरुमाथि छलफल गरिएको हो । सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा छ,’ ती प्रतिनिधिले भने ।

कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए । यस्तै, र्‍यान्डम नेपाली नामक एक युट्यूवरलाई पनि राम्रो मत परेको छ । तर उनले अरु कोही तयार नभए मात्रै आफू अघि सर्ने बताएका छन् ।

र्‍यान्डम नेपालीको वास्तविक नाम राष्ट्रविमोचन तिमल्सिना हो । उनी कानून व्यवसायी हुन् । यसअघि उनी नेसनल ल कलेजका कार्यवाहक प्रिन्सीपल थिए ।

प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com