२५ भदौ, काठमाडौं । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ ।

पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले हतियार जिम्मा लगाएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरु समेत नेपाली सेनाले प्राप्त गरेको छ

जेनजी प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरुलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए । उनीहरुले प्रहरीका र अन्य सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।

तोडफोड र आगजनीको घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ । लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरुलाई सेनाले नियन्त्रणमा समेत लिएको छ ।

ठाउँठाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोही क्रममा सेनाको टोलीलाई युवाहरुले हतियार बुझाएका हुन् ।

प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com