खापुङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो पेन्सन सहयोग गरेको उनले बताएका छन् ।

काठमाडौं, ११ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो एक महिनाको पेन्सन रकम प्रदान गरेका छन् ।

खापुङले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो पेन्सन सहयोग गरेको उनले बताएका छन्।

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत सामग्री उपलब्ध गराउने तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सहयोग आवश्यक रहेको खापुङको भनाइ छ ।

उनले प्राकृतिक विपत्तिको समयमा पीडित परिवारको साथमा उभिन सबैलाई आग्रह गरेका छन्। आफ्नो क्षमता र क्षेत्रअनुसार राहत तथा उद्धार कार्यमा योगदान गर्नसमेत उनले अपिल गरेका छन् ।

भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि रसुवामा उद्धार तथा राहतका गतिविधि तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा सरकारी निकायसँगै विभिन्न संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग उपलब्ध गराउने क्रम जारी राखेका छन् ।

प्रकाशित मिति: ११ भदौ २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com