खबरम्यागजिन मिडिया हाउसले छेत्रीको अनुभव, वैचारिक स्पष्टता तथा सञ्चार क्षेत्रप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै उनलाई प्रमुख सम्पादकको जिम्मेवारी दिइएको जनाएको छ।
जेठ ८-काठमाडौं खबरम्यागजिन मिडिया हाउसले लेखनाथ छेत्रीलाई प्रमुख सम्पादक नियुक्त गरेको छ। मिडिया हाउसअन्तर्गत सञ्चालित डिजिटल समाचार च्यानल ‘खबरम्यागजिन’ तथा वेबपोर्टल ‘खबरम्यागजिन डटकम’ को सम्पादकीय नेतृत्व सम्हाल्ने गरी उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

संस्थाद्वारा जारी नियुक्तिपत्रअनुसार छेत्रीले अबदेखि सम्पादकीय नीति कार्यान्वयन, समाचार सामग्रीको गुणस्तर नियन्त्रण, सम्पादकीय टिम समन्वय तथा पत्रकारिताको नैतिक मापदण्डअनुसार सम्पूर्ण सम्पादकीय कार्यको नेतृत्व गर्नेछन्।
खबरम्यागजिन मिडिया हाउसले छेत्रीको अनुभव, वैचारिक स्पष्टता तथा सञ्चार क्षेत्रप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै उनलाई प्रमुख सम्पादकको जिम्मेवारी दिइएको जनाएको छ।

यसैबीच, संस्थापक मनोज बोगटी सक्रिय पत्रकारिता तथा विभिन्न पत्रकार संगठनात्मक भूमिकाबाट अलग भइसकेपछि संस्थाको सम्पादकीय नेतृत्वलाई अझ सशक्त र व्यवस्थित बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको जनाएको छ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया