१० – बैशाख काठमाडौं । सुनसरीलाई चलचित्रकर्मीहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित चलचित्र पत्रकार संघले कार्यालय स्थापना गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो ।बुधबार इटहरीको पश्चिम लाइनस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिकलगायतको सहभागिता रह्यो ।गायक तथा चलचित्र निर्माता रामकृष्ण ढकालले चलचित्रकर्मी र चलचित्र पत्रकारबीच नङ र मासुजस्तै सम्बन्ध रहेको बताए । उनले शाखाको आफ्नै कार्यालय स्थापना हुनु सकारात्मक भएको बताए ।
कलाकार विजय बरालले कार्यालयलाई चलचित्रकर्मीहरूबीच भेटघाट गर्ने जक्सन का रूपमा विकास हुने विश्वास गरे । नायिका वर्षा राउतले चलचित्र पत्रकारको कार्यालयमा आउँदा अपनत्व महसुस हुने बताइन् ।कार्यक्रममा संघका पूर्व उपाध्यक्ष जीवन पराजुलीले मोफसलका पत्रकारहरूको एकता प्रशंसनीय रहेको बताए । उनले सुनसरी शाखाको एकता अनुकरणीय रहेको बताए । केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले कोशी प्रदेशका पाँच शाखामध्ये सुनसरी शाखाको आफ्नै कार्यालय हुनु गर्वको विषय भएको बताए ।
कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष सुवास संकल्प श्रेष्ठले आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता कार्यालय स्थापना रहेको बताउँदै उक्त लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

प्रतिक्रिया