काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, विराज भट्ट स्टारर ‘राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिमा यो फिल्मका ९७ हजार २०५ वटा टिकट बिकेका छन् ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ निकै कमजोर देखिएको छ । शनिबारसम्म यो फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म ‘पहाड’लाई १४ हजार ३१८ जना दर्शकले हेरेका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com