सरकारले पुराना पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्न कानुनी बाटो खोल्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी कन्भर्सनसम्बन्धी आवश्यक कानुनी व्यवस्था अघि बढाउने निर्णय गरेको हो।

यो विषय लामो समयदेखि उठाउँदै आएका सांसद महावीर पुनले सरकारको निर्णयलाई सकारात्मक कदम भनेका छन्। उनका अनुसार पुराना सवारीलाई विद्युतीय बनाउने प्रयास पहिले पनि गरिएको भए पनि विभिन्न अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन।

त्यस्तै सांसद सागर ढकालले पनि निर्णयको स्वागत गर्दै मन्त्रालयस्तरमा भएको पहलको प्रशंसा गरेका छन्। उनका अनुसार यो नीति लागू भएपछि पुराना सवारीलाई पुनः प्रयोगमा ल्याउन सकिनेछ र वातावरणमैत्री यातायात प्रवर्द्धनमा सहयोग पुग्नेछ।

सरकारको निर्णयपछि अब पुराना डिजेल तथा पेट्रोल सवारीलाई इलेक्ट्रिकमा परिवर्तन गरेर कानुनी रूपमा दर्ता गरी सडकमा चलाउन सकिने व्यवस्था बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com