१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् ।

अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन ।

आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोसाथ हेरिएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com