१० चैत- काठमाडौं- प्रेमभावमा आधारित नयाँ गीत तिमीलाई देखेपछि सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले संगीतप्रेमीहरूबीच सकारात्मक प्रतिक्रिया बटुल्दै लोकप्रियता हासिल गर्न थालेको छ।
गायक रुपेश बिस्टा र गायिका मेलिना राई को सुमधुर स्वरमा सजिएको यस गीतमा पुरुषोत्तम ढुंगेल का भावनात्मक शब्दहरू रहेका छन्। गीतमा संगीत सुबाश चन्द्र जोशीले भरेका छन् भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विश्व अधिकारी ले गरेका छन्। रेकर्डिङ दाजु भाई स्टुडियो मा गरिएको हो।
भिडियोतर्फ, साजन कटेल को निर्देशनमा तयार गरिएको यस गीतमा कमल सिंह, रुलाबी बिस्टा, रुपेश बिस्टा र लक्ष्मी बिस्टा को अभिनय देख्न सकिन्छ।
मेकअप श्रृष्टि थापा मगर ले गरेकी छन् भने लाइट व्यवस्थापन हर्क पहाडी र रमेश पराजुलीले गरेका छन्। स्पट ब्वाइ मन कुमार राई, क्यामेरा सहायक अनिल पराजुली तथा ड्रोन सञ्चालन आरडी दुलाल ले गरेका छन्।
भिडियोको सम्पादन, कलर तथा ग्राफिक्स राकेश दाहाल ले सम्हालेका छन् भने छायांकन बिशाल थापाले गरेका हुन्। पोस्ट–प्रोडक्सन नोभिस आर्ट्स ले गरेको हो।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। प्रेमभाव, मधुर संगीत र आकर्षक दृश्य संयोजनका कारण यो गीत आगामी दिनमा अझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
यस गीतको निर्माणमा समिर परियार, अजय खाती, दिलिप घिसिङ, हेमराज, मनीष थपलिया, टिकाराम श्रेष्ठ, भेषराज सापकोटा,उज्ज्वल, भट्टराई मन राई र जिवानी बान लगायतको विशेष सहयोग रहेको छ।
गीत
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

प्रतिक्रिया