काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण बाहिर ल्याएको छ । ७ चैत शनिबारसम्म ‘लालिमा’ को कमाइ ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस छ ।

मिराज रोशन निर्देशित फिल्मले सोही अवधिसम्म २०४० वटा टिकट बेचेको छ । यौनकर्मी महिलाको संघर्ष र वेदनाको कथावस्तुमा बनेको यो फिल्ममा रोश्नी अधिकारीको शीर्ष भूमिका छ ।

आइतबार मात्र प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘आबाट आमा’ ले शनिबारसम्म १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई ५ लाख ३ हजार ११४ जनाले हेरेका छन् अर्थात टिकट बिक्री भयो ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को लाइफटाइम कलेक्सन ६६ लाख २५ हजार ४५१ नेरु ग्रस छ । ‘रमिताको पिरती’ को लाइफटाइम कलेक्सन ३० लाख ८४ हजार ८४३ रुपैयाँ ग्रस छ ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com