६-चैत काठमाडौं धरानका प्रतिभाशाली कवि विनेश राई मिन्जाइ नेपालको दमकमा चलिरहेको रियालिटी शो “मेरो कविता” को टप ५ मा पुग्न सफल भएका छन्। उनका कवितामा नेपाली पहिचान, प्रेम र वैदेशिक रोजगारीमा जानेहरूको पीडा गहिरो र काव्यात्मक ढङ्गले चित्रित गरिएको हुन्छ।
विनेशको कविताले दर्शक र श्रोताको मन छोएको छ र उनको यात्रा अहिले भोटमार्फत अझ अघि बढ्ने क्रममा छ। दर्शकहरूले भोटमार्फत उनको काव्ययात्रामा साथ दिँदा, नेपाली कविताको उत्साह र ऊर्जा अझ बलियो बन्ने विश्वास गरिएको छ।

कवि विनेश राई मिन्जाई
उनको प्रस्तुती केवल शब्दको खेल मात्र होइन, नेपाली समाजका चुनौती,प्रेम भाव, र परदेशमा बस्नेहरूको संघर्षलाई मार्मिक रूपमा उजागर गर्ने माध्यम पनि बनेको छ। यस सफलताले नेपाली कवितामा नयाँ प्रेरणा थपेको छ र दर्शकहरू अब उनको आगामी प्रस्तुतीको पर्खाइमा छ।
मिन्जाइले कविता प्रेमीहरु माझ भोट गरिदिने आग्रह पनि गरेका छन् ।
मेरो कविता
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया