२२ फागुन, गोरखा । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ ।

खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिकप्टरमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित गौरिशंकर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।

‘उत्तरी गोरखाको २३ वटा मतदान केन्द्रमध्ये पहिलो लटमा ७ मतदान केन्द्रको मतपेटिका आयो,’ उनले भने, ‘दोस्रो लट लिएर आउँदा गोरखा सदरमुकममा अवतरण हुन नसकेर पोखरा पुगेको हो ।’

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com